Banijya News

बंगलादेशबाट चार अर्बको बस्तु आयात गर्दा ३५ करोडको मात्रै निर्यात

4 Shares

आर्थिक वर्ष २०८१-८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन् ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सवैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।

यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।

काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।

Scroll to Top