Banijya News

सहायक वन अधिकृतद्वय घूस सहित रंगेहात पक्राउ

4 Shares

डिभिजन वन कार्यालयका दुई जना सहायक वन अधिकृत मंगलबार राति पक्राउ परेका छन् । सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । सुनसरीको इटहरीबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको हो ।
उनीहरूले सेतक चिनी छोडपुर्जीको विषयमा सेवाग्राहीसँग घूस लिएका थिए ।

इटहरीवाट आएको अख्तियारको टोलीले मंगलबार बेलुका १० वजेसम्म आवश्यक प्रक्रिया पूरा गरेर राति साढे ११ बजेतिर इटहरि लगिएको जनाएको छ । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको थियो । उक्त सूचना पाएको अख्तियारले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयसँग समन्वय पक्राउ गरेको हो । जडिबुटी र वन पैदावार संकलन तथा छुट पुर्जीका लागि वन कार्यालयमा घूस लेनदेन हुने गरेको आधारमा अख्तियारको टोली परिचालन भएको हो ।

Scroll to Top