Banijya News

१३ निर्माण कम्पनी कालो सूचीमा

4 Shares

समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दा १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

गणेशसिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका हुन् ।

यस्तै शिवालय विल्डर्स र आज्ञा एण्ड कम्पनी २ वषको लागि कालोसूचीमा परेका छन् भने चुलीडाँडा निर्माण सेवालाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै इपिक कम्प्युटर्स ट्रेडर्स, मकर गणेश कन्स्ट्रक्सन,बाबा इन्फ्रा प्रोजेक्ट, नव निर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स, यू.डी. एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि, पुतलीकाठ निर्माण सेवा, अर्विन्द कन्स्ट्रक्सन सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

 

Scroll to Top