नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विद्युत् नियमन आयोगलाई रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीहरूलाई मात्र प्राथमिक सेयर (IPO) निष्कासनको स्वीकृति दिन अनुरोध गरेको छ। बोर्डले यो निर्देशन सार्वजनिक लेखा समितिको २०८० सालको निर्णयलाई आधार मानेर जारी गरेको हो।
सेबोनको पत्रमा भनिएको छ, “सार्वजनिक लेखा समितिको मिति २०८०/०९/१२ को बैठकबाट पुनः मूल्यांकन नगरी रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ निष्कासन गर्न दिने गरी निर्देशन दिइएको सन्दर्भमा, आयोगले यस्तो संस्थालाई पूर्वस्वीकृति प्रदान गर्दा उक्त निर्देशनलाई ध्यानमा राख्न अनुरोध छ।”
सार्वजनिक लेखा समितिले नेटवर्थ ९० भन्दा कम भएका आयोजनाहरूले सर्वसाधारणबाट पूँजी संकलन नगर्ने नीति लिँदै बोर्डलाई त्यसअनुसार निर्देशन दिएको हो। यस निर्णयपछि धेरै विद्युत् आयोजना कम्पनीहरूको आईपीओ योजना प्रभावित हुने देखिएको छ।