Banijya News

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

1
1.2K Shares

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ ।

यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । त्यपछि सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

पियोर इनर्जी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

1

Scroll to Top