Banijya News

कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा

4 Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले निलकण्ठ उप्रेतिको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Scroll to Top