Banijya News

अन्तत नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको लाइसेन्सविरुद्ध परेको रिट खारेज

1
1.2K Shares

सर्वोच्च अदालतले नयाँ ब्रोकर र स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स रोक्न परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका संवैधानिक इजालसले बुधबार उक्त रिटको सुनुवाइ गर्नेक्रममा रिट खारेज गरेको हो । उक्त इजालसमा न्यायाधीश हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्ल रहेका थिए । उक्त रिट खारेज भएसंगै अब नयाँ लाइसेनसको लागि बाटो खुलेको छ ।

रिटमा धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली खारेज गर्न माग गरिएको थियो । यी नियमावलीमा गरिएको ब्यबस्थाहरु नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएकोले यी नियमावली अमान्य र बदर घोषित गरी आदेश जारी गर्न रिटमा माग गरिएको थियो ।

रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यलय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई विपक्षी बनाईएको थियो । धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली,२०७९ को नियम २ को उपनियम (१), (२) र (३), नियम ३ को उपनियम (१) र नियम ८ नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको थियो। त्यस्तै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(चौथो संशोधन) नियमावली, २०७९ को नियम २, नियम ३ को उपनियम (१) पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर गरिएको थियो । साथै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली, २०७९ को नियम २ र नियम ३ का ब्यबस्था पनि नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएको जिकिर रिटमा गरिएको थियो ।

1

Scroll to Top