Banijya News

1

बीवाइडीको एक करोड ३० लाख एनईभी उत्पादनको माइलस्टोन पूरा

160 Shares

बीवाइडीले १ करोड ३० लाखौं युनिट न्यू इनर्जी भेहिकल उत्पादनको कोशेढुंगा (माइलस्टोन) पूरा गरेको छ ।

चीनको सेन्झेन-शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा याङवाङ यू७ उत्पादन गर्दै १ करोड ३० लाखौं युनिट पूरा गरेको हो ।

पछिल्लो वर्षहरुमा बीवाडीको बिक्री लगातार बढिरहेको छ । सन् २०२५ को पहिलो ६ महिनामा बीवाइडीको घरेलु बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ ।

यससँगै बीवाइडी १ करोड ३० लाख न्यू इनर्जी भेहिकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेको छ ।

त्यस्तै, यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।

याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा-लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ । उच्च-गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ ।

याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च-स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यू इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।

Bottom Advertisement
Scroll to Top