नेपाली योग प्रशिक्षक विक्रम खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेर विश्व कीर्तिमान बनाएका छन् ।
बिहीबार लायन्स क्लब अफ काठमाडौं च्याम्पियनले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा थियो । उनको एक घण्टा ६ मिनेट ५५ सेकेण्डको रेकर्ड थियो । खड्काले भारका रथको कीर्तिमान रहेको रेकड तोड्न सफल भएका छन् । एउटा खुट्टाले टेकेर नमस्कारको मुद्रामा ३ घण्टा ५० मिनेट समय बिताएर रेकर्ड कायम गर्न सफल भएका हुन् ।
गत साउन ५ मा कीर्तिमानको लागि प्रयास गरेर भिडियोसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विवरण पठाइएका थिए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र खड्कालाई हस्तान्तरण गरिएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकामा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए ।
व्यवसायिक रुपमा काठमाडौंस्थित गोंगबुमा न्युलाइफ आयुर्वेद क्लिनिक एवं पशुपति हर्वलका संचालक रहेका विक्रम खड्का लायन्स क्लब अफ च्याम्पियन आवद्ध रहेर समाजसेवामा पनि संलग्न रहँदै आएका छन्।