Banijya News

1

कोरोना भाइरसका रोचक पक्षः श्रीमानलाई लाग्ने सँगै उठबस गर्ने श्रीमतीलाई नलाग्ने ? अन्य के के ?

160 Shares

विकेश अधिकारी —

बैज्ञानिकका अनुसार कोरोना भाइरस (कोभिड –१९) एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । सामान्यतया संक्रमित व्याक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश प्रणाली मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने सबैभन्दा धेरै सम्भावना रहेको बैज्ञानिकको दाबी छ ।

त्यसगरी संक्रमित व्याक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ कपडा जन्य समानबाट खतरा रहन्छ । कोरोना भाइरस ठूलो परिवार भएकाले यसले मानिसको तल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण गर्छ । इन्फ्लुएन्जा जस्तै, यो कोरोना भाइरस दुवै प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा फैलिन्छ । प्रत्यक्ष सम्पर्कः जस्तै नजिकको सम्पर्कको माध्यमबाट साथी र परिवारबीच सूक्ष्मजीवको शारीरिक हस्तान्तरण, चुम्बन, ¥याल आदिका माध्यमबाट हुन्छ भने अप्रत्यक्ष सम्पर्क चाहिँ सङ्क्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा, सङ्क्रमित व्यक्तिले छोएको ठाउँमा छँुदा सर्ने गर्दछ ।


रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा पनि रहेको बैज्ञानिकको भनाई रहेको छ । कोभिड–१९ को विशेष गुण एक अर्कामा परिपक्क भएपनि यो सर्न सक्छ । विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ । वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको सङ््क्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभए पनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् ।
वैज्ञानिकहरुले अझै पनि यो रहस्यमय भाइरसको सङ््क्रमण कसरी र कति चाँडो फैलिन्छ भन्न यकिन नभएतापनि अन्दाजकै भरमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भनेका छन् । बाहिर यस्ता भनाई अएपनि सगैबस्ने उठबस गर्नैलाई समेत कोरोन सरेको पाइएको छैन् ।


घटना १
कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा ती सुत्केरीको मृत्यु भएको थियो । सुत्केरीको मृत्यु भएपनि १३ दिने शिशुलाई भने हालसम्म कोरोना देखिको छैन् । अर्कोतर्फ उपचार देखि घरका अधिकांस काममा सहयात्रीको भूमिका खेलेका उनका श्रीमानालाई समेत कोरोना देखिएको छैन् । उनको सम्पर्कमा रहेका अन्यको स्वाब परीषक्षको रिपार्ट पनि आएको छ तर हालसम्म कसैको रिर्पाटमा कारोना लागेको प्रमाणित भएको छैन् । नत ति महिलामा नै कहाँबाट कसरी कोरोना स¥र्यो त्यो नै निर्कोल भएको छ ।


घटना नं २
काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखियो । पुरुषमा आरडीटी पोजिटिभ देखिएपछि भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजार स्थानिय प्रशासनले सिल गन्यो ।
भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । भक्तपुर नपा ५ योसिंखेल पुर्ख्यौली घर भएका उनी हाल सूर्यविनायक नपा ६ पाण्डोबजारमा बस्दै आएका हुन् । दुवै ठाउँमा आउजाउ हुने गरेकाले दुवै ठाउँमा सिल गरिएको भक्तपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले आरडीटी पोजिटिभ देखिएका सफाइ मजदुर र उनको घरपरिवारलाई पाण्डोबजारस्थित घरमै क्वारेन्टाइन गरिएको जानकारी दिए । रोचक त के छ भने सफाई मजदुरकी श्रीमती पनि सफाई कर्मचारी नै हुन् । एउटै भान्सामा खाने, एउटै बेडमा सुत्ने गरेपनि श्रीमतीलाई भने कोरोना लागेको छैन् ।
काठमाडौं महानगरपालिकाले गरेको द्रूत विधिबाट कोरोना भाइरस परीक्षणमा ३१ जनाको पोजिटिभ देखिएको थियो । जसमध्ये भक्तपुरका ती ३६ वर्षीय सफाइ मजदुर पनि एक थिए तर उनको श्रीमतीको भने रिपार्ट नेगेटिभ आएको छ । आरडीटी पोजिटिभ देखिएका श्रीमानको पीसीआर परीक्षणसमेत गरिएको छ । उनको घरपरिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको छ । हाल ती सफाइ मजदुरको यात्रा विवरण (ट्राभल हिस्ट्री) र उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ । त्यो सुरक्षत्मक प्रकृया अपनाएपनि सँगै उठबन गर्नेलाई संक्रमण नदेखिनु सुखद र आश्चर्यजनक हो ।


घटना ३
गएको वैशाख ३० गते सशस्त्र पहरीका एक जबानमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । भक्तपुरको चाँगुनारायण नपा १ दुवाकोटस्थित सरस्वतीखेलका सशस्त्र प्रहरी जवानका परिवारको स्वाब परीक्षण गरियो, तर कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । उनी एक महिना देखि घर विदामा बसेका थिए । एक महिना देखि गाउँ छोडेर बाहिर पनि नगएको गाउँले बताउँछन् ।
आफ्नो गाउँ भन्दा बाहिर नगएका उनको परीक्षणमा एकएक कोरोना पोजेटिभ देखियो ? पहिलो रोचक प्रसंग त उनलाई अफ्नै गाउँमा कसरी कोरोना संक्रमण भयो ? दोस्रो प्रहरी जवान संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका नौजनाकै रिपोर्ट नेगेटिभ कसरी आयो । यहाँ गाउँमै कोरोना संक्रमित भएका जबान र उनीसँगै रातदिन सँगै बस्ने उनको परिवारलाई किन कोरोना संक्रमण भएन ? यो आफैमा रोचक छ । त्यसैले सरस्वतीखेलमै पहिले नै कोरोना भाइरस संक्रमण फैलिएको हो ? होइन भने ती जबानलाई कसरी लाग्यो ? अनी परिवारमा किन लागेन हुनसक्ने आफैमा रोचक छ ।


घटना नं ४
रौतहटमा सोमबार (५गते) एक २८ वर्षीय महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको माधवनारायण नगरपालिका खेसरहिया माइत बसेकी ती महिलाका श्रीमान् दश दिन अघि भारतको गुजरातबाट नेपाल आएका थिए । भारतबाट आफ्नो टोलमा ज्वाईसहितका पाहुँना आएको थाहा पाएपछि स्थानीयले श्रीमान, श्रीमतीसहित १२ जनाको परिवारलाई नै क्वारेन्टाइन राख्यो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवल कायस्थका अनुसार उनकै नेतृत्वमा परिवारका सबै सदस्य र श्रीमानको स्वाब परीक्षण गरियो । सबैको रिपोर्ट नेगेटिभ आएको तर श्रीमतीको भने पोजेटिभ आएको छ । कोरोना पोजेटीभ देखिएकी महिलालाई आइसोलेसनमा लगिएको छ ।


घटना ५
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकलाई नै संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरिएका २७ नयाँ संक्रमितमध्ये ललितपुरका एक डाक्टर पनि रहेको खुल्न आएको छ । मन्त्रालय स्रोतका अनुसार उनी नेपाल सरकारकै एक महत्वपूर्ण अंग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सक हुन् । सरकारकै एक रोग नियन्त्रण विभागकै डाक्टरलाई नै कोरोना संक्रमण पाइएपछि उपचार सुरक्षात्मक प्रकृया नअपनाईएको प्रष्ट भएको छ । संक्रमित डाक्टर केही दिन पहिले कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने अनुमान अन्य डाक्टरले गरेका छन् । अनुमान त ठिकै हो, उनलाई मन्त्रालयले विज्ञका रुपमा कपिलवस्तु पठाएको थियो । पूरै सरकारको प्रतिनिधत्व गरेर गएका डाक्टर आफै संक्रमित भएर आएपछि कोरोनाको महामारी कसरी नियन्त्रण होला ?

Bottom Advertisement
Scroll to Top