काठमाडौं। कोरोना माहामारीको हव बन्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा त्यहाँ ५७८ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ । तीमध्ये हालसम्म एक लाख १४ हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ । भारतमा ६६ लाख ५९ हजार ८९५ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सात लाख ७३ हजार ७०१ सक्रिय संक्रमित रहेको आँकडा छ ।