कोरोना संक्रमणबाट सप्तरीको रुपनीमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका ५ का ४२ वर्षीय एक पुरुष रहेका छन् । मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टाइन भएर बसेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको साझ मृत्यु भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लग्ने क्रममा बाटोमैँ मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । यसका साथै धनुषामा ९, सर्लाहीमा ८, महोत्तरी र बारामा २र२ तथा सिरहा, सप्तरी र रौतहटमा १÷१ जना गरी कूल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।


