Banijya News

1

को हुन् तलेजु भवानी ? त्रिपासा खेल्दा राजपरिवारले कुदृष्टी लगायपछि किन हराइन भवानी ? यस्ता छन् रोचक कुरा

160 Shares

ऐतिहासिक तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणको दर्शनका लागि खुला गरियो । कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । उनका अनुसार महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

 

को हुन् त तलेजु भवानी ?
तलेजु भवानीका धेरै आख्यान र कथाहरु लोकप्रिय छन् । आखिर को हुन् त तलेजु भवानी ? किम्वदंत्ती अनुसार सत्रौँ शताब्दीमा तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्लसंग त्रिपासा खेल्थिन् । उनी प्रत्येक रातमा युवतीको भेषमा राजसँग पासा खेल्नि आउँथिन् । पासा खेल्न माहिर राजा त्रलोक्यले यि युवतीलाई पासामा हराउँन सक्दैन थे । अन्य सबैलाई जित्नसक्ने राजा ति युवतीलाई भने त्रिपासामा जित्न सक्दैन थे । भनिन्छ राजाले त्रिपासामा युवतीसँग राज्यनै हारेका थिए । राजाले राज्यनै हारेको कुरा सबैतिर फैलियो । एक सामान्य युबतीले राजालाई हराएको र दिनहुँ रातको समयमा आउने गरेको थाहा पाएपछि यस्ले राज्यमा चिन्ता थप्यो । राजपरिवार नै उनको पछि लाग्यो । जुन कुरा दरवार देखि भारद्धार सम्म फैलियो । त्रिपासा खेल्न आउने क्रममा त्रलोक्य मल्लका छोराले युवतीको पिछा गर्न थाले ।

किंवदन्तीअनुसार राजाका छोरा जगतप्रकाशले युवतीलाई फसाउने श्रेयले पिछा गर्न थाले । कुदृष्टिले पच्छयाउने गरेको थाहा पाएपछि तलेजु भवानी त्यहाँबाट हराइन् । पछि राजाले पनि मति विगारेको ति युवतले थाहा पाइन् । ति युवती राजाकै अगाडिबाट अन्र्तध्यान भइन । पछि राजा र परिवाले खोजी गर्दा कही पनि भेटिइनन् ।

त्यसपछि राज्यमा धेरै अनिष्ट भयो । कारण खोज्दै जाँदा राजामा चिन्ता बढ्दै गयो । पछि तान्त्रिक ज्योतिषद्धारा ति युवतीको खोजी गर्दे जाँदा ज्योतिषले ति युवती कन्या नभै तलेजु भवानी भएको पत्ता लगाए । आफूसँग त्रिपासा खोलने युवती नै देवी लतेजु भएको थाहा पाएपछि राजा एकाएक चिन्ति भए । आफू र आफ्नो परिवारबाट ठूलो गल्ती भएको भन्दै राजाले क्षमा पुजा गरे । धेरै रोइकराइ गरेपछि तलेजु भवानीले राजालाई दर्शन दिइन् । उनले बर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिइन् ।

यतिले मात्र राजालाई चित्त बुझेन । राजाले प्रत्येक्ष रुपमा नै हेर्न चाहना राखे । पछि राजाले त्रिपासा खेले जस्तै प्रतक्ष रुपमा दर्शन नपाएको गुनासो गरेपछि तलेजु भवानीले बौध्द कन्या अर्थात् नेवार शाक्य समुदायकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचापछि अन्र्तध्यान भएको मानिन्छ । एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपासा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेकी हुन् । त्यसैबेलादेखि कुमारीलाई एकान्तकुमारीका रुपमा पुज्न थालिएको हो । एकान्त हटाएर कुमारी मात्र भन्न थालिएको हो । त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ ।

त्यसयता तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने गरिएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।

तलेजु स्वर्गबाट रावणका छोरा मेघनादले लंका ल्याएका
गयासुद्दीनले सिमरौनगढ आक्रमण गरे पछि नेपाल संवत् ४०० मा नेपाल उपत्यका छिरेका हरिसिंहदेवले तलेजु ल्याएका थिए भन्ने कथन वंशावलीहरूमा उल्लेख छ । हरिसिंहदेव अयोध्याका राजा रामचन्द्रकै इक्ष्वाकु वंशको भएको भन्ने वंशावली समेत वंशावलीमा पाइन्छ । कुलचन्द्र कोइरालाले तलेजुको बारे एक अनुसन्धानमूलक पुस्तक लेखी निकालेका छन् । जसअनुसार तलेजु पहिले स्वर्गबाट रावणका छोरा मेघनादले लंका ल्याएका, लंकाबाट रामले अयोध्या ल्याएका, रामको वंशज एक जना राजाले भवानीलाई बाकसमा राखी यमुना नदी किनारमा फालिराखेका, त्यसको केही पुस्ता पछिको राजालाई स्वप्नमा देखाइ पुनः दरबारमा ल्याई पुजा गरिराखेको भन्ने उनले उल्लेख गरेका छन् ।

राँगो बली दिनुको कारण यस्तो
एक कथन अनुसार हरिसिंहदेवले तलेजु वा तुलजा भवानी नेपाल उपत्यका ल्याउँदै गर्दा भवानीले स्वप्नमा राजालाई जंगलमा पहिलो पशु जो भेट्टाउँछौ, त्यही बलि मलाइ चढाउ भनेका र त्यहाँ पहिले अर्ना भेटिएकाले अर्नाकै बलि चढाएको भन्ने छ । उपत्यकावासीले राँगाको मासु खानुमा कारण यही हो भन्ने पनि गरिन्छ ।

वंशावलीले यस्तो पनि भनेको छ कि कालान्तरमा उपत्यका छिरेका कोही सिद्ध पुरूषले राँगाको मासु खानेले जनै लाउन उपयुक्त छैन भन्ने वचन प्रकट गरेकाले नै नेवारको जनै झिकिएको हो ।

कर्नाटक वंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास
तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्टदेवता तलेजु भवानी सहित भक्तपुरका राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ ।

हरिसिंहदेवले नेपाल उपत्यका ल्याएको असली तलेजु भक्तपुरको भएको तर काठमाडौंका एक मल्ल राजाले भक्तपुरको तलेजुको पुजारीलाई घुस खुवाइ त्यहाँबाट मन्त्रलोप गराएको र काठमाडौंमा असली आहवान मन्त्रबाट तलेजु जगाएको भनिएको छ । अर्को प्रसंगमा यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ–आफ्ना राज्य (काठमाडौँ, ललितपुर) मा तलेजु भवानीको स्थापना गर्नथालिएको भनिएको छ ।

स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानी
स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाई हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।

 

 

Bottom Advertisement
Scroll to Top