Banijya News

1

नेपाल बैंकर्स सङ्घसँगको सहमति कार्यान्वयन गर्न भ्यालुयर्स एशोसिएशनको माग

160 Shares

नेपाल भ्यालुयर्स एशोसिएशनले नेपाल बैंकर्स सङ्घसँग भएको पूर्वसहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ। घरजग्गाको घट्दो मूल्य र मूल्याङ्कनलाई आधार मानी मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची तथा अन्य कारबाही फिर्ता लिन एशोसिएशनले आग्रह गरेको हो।

एशोसिएशनका उपाध्यक्ष दिनेशकुमार पाठकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग पटकपटक पत्राचार तथा छलफल गर्दा पनि मूल्याङ्कनकर्ताका समस्या समाधानमा गम्भीरता नदेखिएको र समस्या झन् बढ्दै गएको बताएका छन्। यसै सन्दर्भमा, एशोसिएशनले बैंकर्स सङ्घसँग भएको पुरानो सहमतिलाई पुनः कायम गरी कार्यान्वयनमा ल्याउन जोड दिएको छ।

एशोसिएशनले अत्यधिक सङ्ख्यामा मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीका आधारमा काम उपलब्ध गराउन र सूचीकृत मूल्याङ्कनकर्ताहरूले कार्यदेश प्राप्त गर्ने सुनिश्चितता गर्न पनि बैंकलाई अनुरोध गरेको छ।

यसका साथै, एशोसिएशनद्वारा जारी मूल्याङ्कन परामर्श शुल्क तत्काल लागू गर्न र निलम्बनमा रहेका मूल्याङ्कनकर्ताहरूको निलम्बन फिर्ता लिनसमेत उपाध्यक्ष पाठकले आग्रह गरेका छन्।

Bottom Advertisement
Scroll to Top