Banijya News

निर्जीवन बीमा कम्पनीहरूको जेठमा करिब ४ अर्बको कारोबार

160 Shares

चालू आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा नेपालका निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले जेठमा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरी ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

जेठमा सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीले एक महिनामा ४६ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ आर्जन गर्दा, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

अन्य प्रमुख कम्पनीहरूमा शिखर इन्स्योरेन्स कम्पनीले ४० करोड ९० लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ९९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३२ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ३१ करोड ९० लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यसैगरी, जेठमा नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ५७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।


Scroll to Top