नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । ३० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्नका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ ।
बिक्री प्रवन्धकसम्बन्धी सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कम्पनीका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरे ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फन्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फन्ड धितोपत्र बोर्डबाट अनुमति प्राप्त पीईभीसी कम्पनी हो ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत्, सूचना प्रविधि, कृषि क्षेत्रमा पूँजी परिचालन गरिसकेको छ ।
यस संस्थालाई हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स का साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्द्धन गरेका छन् ।


