Banijya News

1

१५ प्रतिशतले घट्यो बोटलर्स नेपालको व्यापार

160 Shares

चालु आर्थिक वर्षमा बोटलर्स नेपालको व्यापारमा १५ प्रतिशतले गिरावट आएको छ । काकोलादेखि फ्यान्टा, स्प्राइट र किनलेजस्ता पेयपदार्थ बिक्री गर्ने बोटलर्स नेपाल समूहको व्यापार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले घटेको हो ।

कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ९ महिनामा १२ अर्ब रूपैयाँको व्यापार गरेको हो । कोकाकोलासहित अन्य विभिन्न प्रकारका पेय पदार्थ बेच्ने बोटलर्स नेपाल लिमिटेड र सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनीले गत आवको ९ महिनाको अवधिमा १२ अर्ब ६ करोड ७० लाख रूपैयाँको व्यापार गरेको हो ।

बोटलर्स नेपाल लिमिटेडले चालु आवको ९ महिनाको अवधिमा ७ अर्ब १० करोड रूपैयाँ र सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड ७० लाख रूपैयाँको व्यापार गरेको छ । बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालको लागि आधिकारिक बिक्रेता हो ।

बोटलर्स कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ । त्यस्तै, दुईवटा कम्पनीले अल्पकालीन कर्जाका लागि ७ अर्ब २७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएका छन् ।

बोटलर्स नेपाल कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको आम्दानीमा समेत गिरावट आएको छ । सन् २०२३ को तुलनामा २०२४ मा मा कम्पनीको आम्दानी झण्डै १० प्रतिशतले घटेको छ । निर्यात बन्द हुनु र मूल्य प्रतिस्पर्धाका कारण बिक्री परिमाण घटेको कम्पनीले जनाएको छ । बजार हिस्सा पनि घटेर चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ६१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, सन् १९८७ मा स्थापना भएको बोटलर्स नेपाल (तराई)ले सन् २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४० करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ८ अर्ब ८० करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४ प्रतिशतले घटेको छ भने चालु आवको ९ महिनाको अवधिमा १५ प्रतिशतले व्यापार घटेको छ । व्यापार घट्नुमा कम मात्रामा बिक्री भएको कम्पनीले उल्लेख गरेको छ ।

बोटलर्स नेपाल (तराई) ले पेय पदार्थ उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ठूलो बजार छ । बोटलर्स (तराई) को ९१ प्रतिशत सेयर सर्वसाधारणमा छ । कम्पननीको बजार हिस्सा ३८ प्रतिशत छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको देशभर २५० डिलर छन् ।

Bottom Advertisement
Scroll to Top