Banijya News

1

१३.८६ प्रतिशतले घट्यो निफ्राको खुद नाफा

160 Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार खुद नाफा १३.८६ प्रतिशतले घटेको हो ।

बैंकले अघिल्ले आर्थिक वर्षमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत आवमा १ अर्ब १४ करोड मात्रै नाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी घटेको छ भने कमिसन तथा फिबाट हुने आम्दानी भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी २ अर्ब ५५ करोडबाट घटेर १ अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । फि तथा कमिसनबाट हुने आम्दानी १ करोड १७ लाख रुपैयाँबाट २ करोड १० लाख रुपैयाँ पुगेको छ ।

बैंकको एनपीएल ०.२१ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी ५.३० रुपैयाँ रहेको छ । मूल्य आम्दनी अनुपात ५९.९६ प्रतिशत, प्रतिशेयर नेटवर्थ ११८.८८ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य १६१.२८ रुपैयाँ, तरलता अनुपात १४६.९२ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.७९ प्रतिशत रहेको छ ।

बैंकको कुल सम्पत्ति २८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ४१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

Bottom Advertisement
Scroll to Top