Banijya News

दोर्दी खोलाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

4 Shares

दोर्दी खोला जलविद्युत लिमिटेडको ९३ हजार ६२९ कित्ता सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

कम्पनीले असार २४ गतेबाट सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यस सेयरका लागि सानिमा क्यापिटलको मुख्य कार्यालय नक्सालका साथै सानिमा बैंकको विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगन्ज, धनगढी महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बागलुङ कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

Scroll to Top