नेपाल इन्स्योरेन्स कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको हो । यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गरेको छ ।
यो हकप्रदमा कम्पनीका सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर अनलाइन एपबाट पनि आवेदन दिन सक्नेछन्। यसका लागि लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।