महावीर होल्डिङले गत आर्थिक वर्षको ९ महिनामा १ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२३ मा १ अर्ब ९३ करोड ४० लाख, २०२२ मा १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ र २०२१ मा कम्पनीले १ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।
गत आवको ९ महिनाको अवधिमा कम्पनीको व्यापार २२ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । तर, कम्पनीले सो अवधिमा ५.६ प्रतिशत नाफा कमाएको छ ।
सन् २०१४ मा महावीर होल्डिङले महावीर आधुनिक दाल उद्योगको प्रालिको नाममा उद्योग दर्ता गरेको थियो । कम्पनीले दाल चामल आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।
केडिया अर्गनाइजेशनद्वारा सञ्चालित यस कम्पनीले यसोदा र उत्तम ब्रान्डमा आफ्नो उत्पादित वस्तु बिक्री गर्दै आएको छ ।
रतनलाल केडियाको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६४ करोड रुपैयाँको रेटिङ गराएको छ ।