सेयर बजार बढ्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २९८३.३१ बिन्दुमा रोकिएको छ ।
यसअघिका छ कारोबार दिन पनि नेप्से लगातार उकालो लागेको थियो । अघिल्लो कारोबार दिन मंगलबार ८०.९७ अंकले बढेको नेप्से सोमबार २१.७६ अंक र आइतबार ०.३२ अंकले बढेको थियो ।
गत साताको बिहीबार नेप्से ७५.८४ अंक, बुधबार ३४.६१ अंक र मंगलबार ३४.४६ अंकले बढेको थियो । बुधबार नेप्सेमा कुल १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल १९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ ।
बुधबार ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन भेन्टर लिमिटेडको सेयर मूल्य ९.४० प्रतिशतले उकालो लागेको छ ।
आज फाइनान्स समूहको सेयर मूल्यमा सर्वाधिक अर्थात् ३.४३ प्रतिशतको सुधार हुँदा जलविद्युत् र लगानी समूहको सेयर मूल्यमा पनि एक प्रतिशत बढीको वृद्धि भएको छ । होटल तथा पर्यटन समूहमा भने १.०७ प्रतिशतको गिरावट आएको छ ।