१३ असोज, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा १५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् भने थप १० जनाको निधन भएको छ ।उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएका हुन्।
पछिल्लो २४ घण्टामा १५ सय १३ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलवार १० हजार ८ सय ९१ जनाको पीसीआर गरिएको थियो ।
त्यस्तै, एकैदिन ७३१जना संक्रमित डिस्चार्ज हुदा संक्रमण निको हुनेको संख्या ५५ हजार ३ सय ७१पुगेको छ । संक्रमण निको हुने दर ७२.६ प्रतिशत छ।