Banijya News

विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ७१ सय भन्दा बढीको मृत्यु

160 Shares

कात्तिक १३, काठमाडौं ।
विश्वभर थप ५ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वोर्ल्डो मिटरको अध्यावधिक विवरणअनुसार थप ५ लाख १ हजार ६ सय १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४७ लाख ३८ हजार पुगेको छ ।

संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा थप ८ हजार संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा संक्रमितको संख्या ९१ लाख १८ हजार नाघेको छ । कोरोना संक्रमणबाट अमेरिकामा थप १ हजार जनाको मृत्यु भएको छ भने अमेरिकाभर मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९ सय बढी संक्रमित थपिएका छन् । भारतमा कूल संक्रमितको संख्या ा८० लाख ३८ हजार नाघेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप ५ सय ९ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार ५ सय नाघेको छ ।


Scroll to Top