टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानलाई, सुपरओभरमा चुक्यो नेपाल
टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ ।
निर्धारित ओभरमा खेल बराबरी भएपछि भएको सुपर ओभरमा नेपाललाई हराउदै उपाधी ओमानले जितेको हो ।
सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो ।
यसअघि नेपालका लागि कुशल भुर्तेलले ३१ रन, आशिफ शेखले ६ रन, सन्दिप जोराले १० रन, कुशल मल्लले ३ रन, गुल्सन झाले ५४ रन, विवके यादवले १ रन बनाएर आउट भएका थिएभने कप्तान रोहित पौडेल ५२ रन र करण केसी २० रनमा नटआउट रहे ।
बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए भने आक्विब लियशले २ तथा जीशन मक्सुदले १ विकेट लिए।
ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए भने मेहरान खानले १० रन, जीशन मक्सुदले २६ रन, अबिक इल्यासले ३३ रन, प्रतिक अथाभले ७ रन, मोहम्मत नदिम २४, बनाएका थिए ।
यस्तै नेपालकातर्फबाट बलिङमा सन्दिप लामिछाने र करण केसीले २-२ तथा सोमपाल कामी गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले १-१ विकेट लिए ।
दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।