Banijya News

नाउपामा श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष

1
1.1K Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा अध्यक्ष परिवर्तन भएको छ। पार्टीले आफ्नी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको छ।

काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा लालवीर चौधरीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको हो। लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुबा र बर्दियाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

नयाँ अध्यक्ष लालवीर चौधरीले पार्टीलाई विधि र पद्धतिको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि पार्टीका बैठकहरू नबोलाएको र त्यसले गर्दा पार्टीका गतिविधिहरू अवरुद्ध भएको बताए। चौधरीले श्रेष्ठलाई बैठकमा आएर आफ्ना कुरा राख्न पनि आग्रह गरेका छन्। उनले रुपन्देहीको उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने आवश्यकताका कारण विधानसम्मत भेला आयोजना गरी यो निर्णय लिइएको बताए।

यो घटनालाई रेशम चौधरीले आफ्नी श्रीमतीलाई हटाएर बुबालाई अध्यक्ष बनाएको रूपमा पनि हेरिएको छ।

1

Scroll to Top