Banijya News

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजदेखि निरन्तर बहस सुरु हुँदै

160 Shares

गत आइतबारबाट अन्तिम बहस सुरु भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दा काठमाडौं जिल्ला अदालतमा आज (बुधबार) देखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण ‌आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका थिए। सन्दीपको मुद्दा पहिलो पटक अन्तिम बहस हेर्दाहेर्दैमा गएसँगै अब मुद्दाले बहस सकिएसँगै किनारा पाउने छ।

अन्तिम बहस आज ढकालको इजलासमा सुरु हुनेछ। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आइतबार सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए। त्यस्तै, पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले बहस गरेकी थिइन्।

मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राख्दै बुधबार सुनुवाइ निरन्तर हुने आदेश दिएका थिए। मुद्दामा सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छैन।

यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाएका थिए।

 


Scroll to Top