साउदी अरबको जेद्दाहमा विहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो ।
पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो ।
नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक चुक्दै आएको नेपालले यसपटक पनि फाइनलमा रोकियो । आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।