Banijya News

1

ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गर्न घरजग्गा व्यवसायीको माग

160 Shares

घरजग्गा व्यवसायीले ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटेर उनीहरूले ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरेका हुन् ।

व्यवसायीहरूले भेटमा राष्ट्र बैंकले जग्गा तथा आवास सम्बन्धी मौद्रिक नीतिमार्फत ल्याएको नीति बैंकबाट चाँडो कार्यान्वयन गराउन माग गरे । घरजग्गा सम्बन्धी ल्याइएको नीति बैंकहरूले कार्यान्वयन नगरेको भन्दै यसलाई तत्काल कार्यान्वयन गर्न बैंकलाई निर्देशन दिन आग्रह गरिएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

रियलस्टेट, हाउजिङ तथा प्लानिङ व्यवसायलाई उद्योगसरह सहुलियत दिनुपर्ने, ब्याज तथा किस्तामा पनि सहुलियत दिनुपर्ने माग व्यवसायीको छ । बैंकले तीन वर्षसम्म यो क्षेत्रमा ब्याजपुँजीकृत गर्नुपर्ने उनीहरूको माग छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड कायम गर्ने घोषणा गरेको छ ।

Bottom Advertisement
Scroll to Top