Banijya News

1

नाडा अटो शोमा नौँ नयाँ मोडल सार्वजनिक हुँदै, कुन कुन ब्राण्डले ल्याउँदै छन् ?

160 Shares

भृकुटीमण्डपमा भदौ ३ गतेबाट आयोजना हुने नाडा अटो शो २०२५ मा नौँ वटा नयाँ मोडल एक साथ सार्वजनिक हुने देखिएको छ । कम्पनीहरूले दिएको जानकारी अनुसार ९ वटा नयाँ मोडल बजारमा आउने भएका हुन् ।

नाडा अटो शोमा भाग लिएका अधिकांश ब्राण्डले कम्तीमा एक/एक नयाँ मोडल ल्याउने योजना बनाएका छन् । नाडा अटो शोभन्दा अगाडि आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा समेत धेरै ब्राण्डले नयाँ मोडल सार्वजनिक गर्दै छन् ।

नाडा अटो शोमा दीपलले आफ्नो बहुप्रतिक्षित एसयूभी एस-०५ सार्वजनिक गर्नेछ । थाइल्याण्डमा उत्पादन भएको दीपल एस-०५ कम्पनीको चर्चित मोडल एस-०७ भन्दा कम मूल्यमा आउने छ । एमएडब्लू वृद्धिले यसलाई नेपाल ल्याउन लागेको हो ।

एमएडब्लू ग्रुप अन्तर्गत नै बिक्री वितरण हुँदै आएको नामी ब्राण्डको नामी-०६ एसयूभी पनि नाडा अटो शोमा प्रदर्शनी हुनेछ । नामी-०१ ह्याचब्याकको सफलतापछि कम्पनीले एसयूभी बिक्री सुरू गर्न लागेको हो ।

भारतीय अटोमोबाइल जायन्ट टाटाले उत्पादन गरेको ह्यारीयर ईभी पनि नाडा अटो शोमा प्रदर्शनी हुने अनुमान गरिएको छ । अघिल्लो महिना भारतमा सार्वजनिक भएको ह्यारीयर ईभी निकै धेरै चर्चा पाउन सफल मोडल हो । यस्तोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अटो शो मार्फत नेपालमा डेब्यु गर्ने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकी इन्डियाले उत्पादन गरेको ई-भिटारा नेपाल आउने पक्का जस्तै भएको छ । सीजी मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी प्रदर्शनी गर्नेछ । यसको बिक्री भने चाडपर्व सकिएपछि मात्रै हुने अनुमान छ ।

चिनियाँ कार निर्माता जिली ब्राण्डले उत्पादन गरेको ग्यालेक्सी ई-फाइभ मोडल नाडा अटो शोमा प्रदर्शनी हुनेछ । नेपाल आइसकेको ग्यालेक्सी ई-फाइभको मूल्य लगायतका आधिकारिक जानकारी बाहिर आएको छैन । जिली ग्यालेक्सी ई-फाइभ एलआरआर ग्रुपले नेपाल ल्याएको हो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो शोमा सिगल ह्याचब्याक सार्वजनिक गर्ने अनुमान गरिएको छ । राइट ह्याण्ड ड्राइभमा तयार रहेको सिगल बजेट कार सेग्मेन्टमा आउने अनुमान धेरैले गरेका छन् । त्यसैले यसको चर्चा सामाजिक संजालहरूमा धेरै हुने गरेको छ ।

सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको एवोन ब्राण्डमा उत्पादन भएको इलेक्ट्रीक ह्याचब्याक यूटी पनि प्रदर्शनी हुने कम्पनीले जनाएको छ । खासगरी प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध ईभीसँग प्रतिस्पर्धा गर्नेगरी एवोन यूटी नेपाल आउन लागेको हो ।

चांगानको लुमिन मिनी कार पनि अटो शो २०२५ बाट बिक्री सुरू हुनेछ । एमएडब्लू वृद्धिले सम्भवत: यसलाई पनि दीपल ब्राण्डकै अन्डरमा ल्याउने छ । यो अटो शोमा बिक्री सुरू हुने सबैभन्दा कम मूल्यको ह्याचब्याक कार हुनेछ ।

Bottom Advertisement
Scroll to Top