Banijya News

1

नवलपरासीमा २ अर्ब १६ करोडको लगानीमा होटल बन्दै

160 Shares

नवलपरासीको सुनवलमा २ अर्ब रुपैयाँ बढी लगानीमा होटल बन्ने भएको छ । होटल महमाया क्राउन प्रालिले नवलपरासीमा २ अर्ब १५ करोड ८० लाख रुपैयाँ लगानीमा होटल बनाउने भएको हो ।

सन् २०२४ को डिसेम्बरमा स्थापना भएको कम्पनीले १० हेक्टर क्षेत्रफलमा होटल निर्माण गर्ने भएको हो । ८२ वटा कोठाको सुविधासहितको होटेल निर्माण हुनेछ ।

कम्पनीले २ वटा ट्रिपल बेडरुम, ८ वटा दुई बेडरुम, ३२ वटा एउटा डिलक्स रुम, ३४ वटा डबल डिलक्स रुम र ६ वटा स्वीट डिलक्स रुमको सुविधासहित होटल निर्माण गर्ने भएको हो ।

होटलमा रेष्टुरेन्ट, जीम तथा हेल्थ क्लब, स्वीमिङ पुल, स्पा र विवाह र ब्याङ्क्वेट लगायतका आधुनिक सुविधाहरू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले होटल निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले होटल निर्माणका लागि ५९:४१ लगानी अनुपात राखेको छ । जसमा कर्जा र इक्वीटी रहेको छ । हालसम्म कर्जाको व्यवस्थापन भइसकेको छ । कम्पनीअनुसार सन् २०२५ को जुनसम्ममा ८७ करोड ८० लाख रुपैयाँ इक्वीटीको व्यवस्थापन भइसकेको छ ।

Bottom Advertisement
Scroll to Top