मञ्जुश्री फाईनान्स लिमिटेडको काठमाडौं महानगरपालिका वडा नं. २२, खिचापोखरी न्यूरोडमा रहेको शाखा स्थानान्तरण भएको छ । साउन ४ गतेदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थान भन्दा करिब ५० उत्तरतर्फ स्थानान्तरण भएको हो ।
स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका संचालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीबाट भएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखि शाखाको स्थानान्तरण गरिएको शाखाका प्रबन्धक सन्जीव श्रेष्ठले जानकारी गराए ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८.८ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।