Banijya News

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

4 Shares

लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले दुई संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस अघि जेठ २२ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याइएको थियो । सो अवधिमा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Scroll to Top