नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । विभिन्न ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त कित्ता बिक्रीका लागि राखिएको हो ।
हाल सो शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । सो शेयर खरिद गर्न चाहने संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सो अवधिसम्म आवेदन नपरेमा अन्य सर्वसाधारण तथा कम्पनीलाई शेयर बिक्री गर्ने पनि बैंकले स्पष्ट पारेको छ ।