Banijya News

प्रिमियम मूल्यमा आइपिओ ल्याउँदै फोन पे

1
1.2K Shares

डिजिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ। कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ छ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। ‘अहिले गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक विवरण तयार हुँदैछ, त्यसपछि नै आइपिओ कुन मूल्यमा ल्याउने भनेर निर्णय गर्नेछौं’, फोन पेका प्रमूख कार्यकारी अधिकृत दिवस सापकोटाले भने।

अंकित मूल्यमै आइपिओ आएमा भने कम्पनीले १० करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्नेछ।

योसँगै चुक्ता पुँजी ६१ करोड २० लाख रूपैयाँ पुग्नेछ। हालै मात्र खेतान समूहले पनि कम्पनीमा लगानी गर्न लागेको छ। एफ वानसफ्टको स्वामित्वमा रहेकोमध्ये २० प्रतिशत सेयर खेतान समूहले किन्ने तयारी भइरहेको हो। यसको लागि कम्पनीले राष्ट्र बैंकमा स्वीकृति मागिरहेको छ।

६ वर्षदेखि सञ्चालनमा रहेको एफवान सफ्ट भुक्तानी सेवा सञ्चालक संस्थाहरूमध्ये एक मुख्य सेवा हो। हाल कम्पनीको क्युआर कोड मार्फत् मात्रै बार्षिक सात खर्ब रूपैयाँ हाराहारीको भुक्तानी हुने गरेको छ। कम्पनीले बार्षिक १६ करोड हाराहारी आम्दानी गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले सेयर लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

1

Scroll to Top