Banijya News

1

लगानीकर्ताको सुरक्षामा केन्द्रित सेबोनको सातबुँदे रणनीति ( पुर्णपाठ )

160 Shares

सेबोन ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार र सुधारका उद्देश्यसहित सात बुँदे रणनीति सार्वजनिक गरेको छ। यस रणनीतिको पहिलो प्राथमिकता कानूनी संरचना सुदृढ बनाउनु रहेको छ।

धितोपत्र बजारलाई सुरक्षित र विश्वसनीय बनाउन सेबोनले सातबुँदे रणनीति सार्वजनिक गर्दै लगानीकर्ताको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी कानूनी व्यवस्थामा आवश्यक परिमार्जन गरी प्रणालीलाई थप प्रभावकारी बनाइने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ। सेबोनले स्वयं तथा बजारसँग सम्बन्धित सेवा प्रदायक संस्थाहरूको संरचनात्मक सुधार र क्षमता अभिवृद्धिका माध्यमबाट संस्थागत ढाँचा मजबुत बनाउने योजना अघि सारेको छ।

बजारमा भइरहेका अवैध गतिविधि र दुरुपयोग नियन्त्रणका लागि प्रभावशाली नियमन प्रणाली लागू गरिनेछ। त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइ कारवाही गरिने स्पष्ट प्रतिबद्धता सेबोनले जनाएको छ। धितोपत्र बजारमा विविधता ल्याउनेतर्फ विशेष जोड दिइनेछ। नयाँ वित्तीय उपकरणहरूको विकास र विस्तारसहित विभिन्न क्षेत्रहरूबाट समावेशीकरण गरी बजारलाई बहुआयामिक बनाउने लक्ष्य लिइएको छ।

बोर्डले प्रणालीगत जोखिम न्यूनीकरण गर्दै लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने र यसमार्फत जनविश्वास बढाउने प्रयास गर्ने जनाएको छ। सूचना प्रविधिको प्रयोगलाई अझ सशक्त, स्तरीय र प्रभावकारी बनाउँदै, सेबोन तथा बजार सम्बन्धित पूर्वाधारमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पुँजी बजार शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै लगानीकर्ताको साक्षरता र सचेतनामा वृद्धि ल्याउने लक्ष्य राखिएको छ। साथै, बजारसम्बन्धी अध्ययन र अनुसन्धानलाई पनि प्राथमिकतामा राखिएको सेबोनले स्पष्ट पारेको छ।

Bottom Advertisement
Scroll to Top