सागको उद्धाटन र समापनमा मात्र १५ करोड खर्च

सागको उद्धाटन र समापनमा मात्र १५ करोड खर्च

सोमबार १६ मंसिर, २०७६ काठमाडौं ।
आइतवार साँझ एक विशेष कार्यक्रम बिच १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच सागको उद्घाटन गरेकी छिन । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा भब्य प्रस्तुत गरिएको छ ।
उद्घाटनमा सातवटै देशका खेलाडीको मार्चपासबाट सुरु भएको उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिएका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पनि आफ्नै खालका प्रस्तुती पस्केका थिए । प्रस्तुती भब्य हुँदा त्यसको बजेट कती भन्ने प्रश्न समेत सबैमा परेको छ । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ साग सम्बद्ध पदाधिकारीले खुलाएका छन् । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ । यस्मा सबैभन्दा बढी सवारी र खानामा हुने छ । सागको लागि मात्र ८९ बटा होटल बुक गरेको छ ।