Banijya News

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी

1
1.1K Shares

१६ मंसिर, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका हुन् । कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वा्चित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।

1

Scroll to Top