माघ २८, काठमाडौं ।
नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहबाट चुनाव लडेका लोचन कार्की निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक परिणाममा कार्की ४ हजार १ सय ११ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका पुष्पमणि खरालले १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।
१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५ सय ९५ मत ल्याइ विजयी भए । उनका प्रतिद्वन्द्वी रक्षा श्रेष्ठले २ हजार २ सय ६२ मत मात्र प्राप्त गरेकी छिन् ।
त्यस्तै उपाध्यक्षमा ३ हजार ९ सय ४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन् । उहाँका प्रत्यासी रञ्जीतकुमार झाले १ हजार ९ सय ५४ मत ल्याएका छन् ।
महासचिवमा भने बद्री रिजालले २ हजार ४ सय ३१ मत सहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी मधुर बस्नेतले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् । उहाँका प्रत्यासी सञ्जीतकुमार साहले २ हजार ५७९ मत प्राप्त गरेका छन् ।
निर्वाचितहरुको नाम र मत परिणाम
अध्यक्ष
१. डा. लोचन कार्की – ४१११ [निर्वाचित]
२. डा. पुष्पमणि खराल १९७९
वरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ २२६२
डा. शिवप्रसाद श्रेष्ठ – ३५९५[निर्वाचित]
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की ३९४५[निर्वाचित]
डा. रञ्जीतकुमार झा १९५४
महासचिव
डा. अजयकुमार मिश्र ८६९
डा. बद्री रिजाल २४३१[निर्वाचित]
डा. दीपेन्द्र पाण्डे १३०१
डा. मधुर बस्नेत – १३७८
कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी ३२७८[निर्वाचित]
डा. सञ्जीतकुमार साह २५७९
सहसचिव
डा. निरजकुमार सिंह ३७९०[निर्वाचित]
डा. शैलेन्द्र झा १८९४
सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी ३९३५[निर्वाचित]
डा. उदयनारायण सिंह १९४२
सदस्यहरु
१. डा. अमित चतुर्वेदी १५७४
२. डा. विक्रान्त ढकाल २५८६
३. डा. विपेश आचार्य २८८०[निर्वाचित]
४. डा. दीपकप्रसाद कोइराला १८६८
५. डा. जगदीशचन्द्र विष्ट १२४९
६. डा. लिजन महर्जन २८७२[निर्वाचित]
७. डा. नन्दकुमारी गुरुङ ३३१६[निर्वाचित]
८. डा. प्रमोद जोशी २७९६[निर्वाचित]
९. डा. प्रवीणकुमार गिरी ७४७
१०. डा. राकेश कुमार साह २३१३
११. डा. रितेश थापा ३७१७[निर्वाचित]
१२. डा. सञ्जीव तिवारी ३००४[निर्वाचित]
१३. डा. सुमान काफ्ले २२२६
१४. डा. त्रिभुवन चन्द्र झा १८१३


