Banijya News

प्रधानमन्त्रीले दुई वर्षमा सरकारले हासिल गरेका उपलब्धी सांसदहरुलाई जानकारी गराउने

1
1.1K Shares

३ फागुन, काठमाडौं ।
सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ ।
बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने तयारी छ ।
यसअघि संसद सचिवालयले हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । तर राष्ट्रियसभाका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोध प्रस्ताव पारित गर्दै एक मिनेटको मौनधारण पनि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । क्यान्सर रोगबाट पीडित कांग्रेस सांसद उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएपछि हिजोको सम्बोधन आजलाई राखिएको हो ।

1

Scroll to Top