बैंशाख, १८ काठमाडौं ।
लामो रस्साकस्सी पछि बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतम र बरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षको गोटी बनाउँदै नयाँ ग्याम खेलेपछि बिना निष्कर्ष सकिएको छ ।
पार्टी विधान परिवर्तन गरेर पार्टी उपाध्यक्षको जिम्मेवारी पाइसकेका गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा ओलीले नयाँ गोटी सहर अघि सारेपछि नेता नै अन्योलमा परेका छन् ।
सचिवालयले सिफारिस गरेर पनि राष्ट्रिय सभासदस्य हुन रोकेका गौतमलाई एकाएक प्रधानमन्त्री बनाउँने प्रस्ताव अगाडि सारेपछि त्यस्ले सचिवालय सदस्यलाई नै अन्यौलमा पारेको हो । एक त उनी संघीय संसदको सदस्य छैनन् भने राष्ट्रिय सभाको सदस्य भएपनि संविधान संसोधन नगरी प्रधानमन्त्री बन्ने बाटो बन्द छ । संविधान संशोधनमा २ तिहाइ चाहिन्छ, त्यो पनि हाल सम्भव छैन् । ओलीले त्यती मात्र होइन अर्का दुई अध्यक्ष हुँदा हुँदै वरिष्ठ नेता माधब कुमार नेपाललाई पनि अध्यक्ष बनाउँने प्रस्ताव राखे जुन प्रस्ताव पनि हालका लागि सम्भव छैन् । यो अवस्थामा वामदेव गौतम कसरी प्रधानमन्त्री हुन सक्लान् ? यो प्रश्न अगाडि आएको छ ।
चुनाब हारेर पनि उनी सदनमा आउने चाहाना निरन्तर राखेका थिए । जसको लागि डोल्पाबाट धनबहादृुर बुढा, बाँकेका सांसद नन्दलाल रोकाय, बैतडीबाट दामोदर भण्डारीलाई राजिनामा गराएर आफू संसद बन्ने योजना समेत तुहिएको थियो । त्यस्तै काठमाडौं ७ र कास्की २ बाट उठ्ने बहस समेत गरेर थन्किएका गौतमलाई राष्ट्रिय सभामा लैजान नेताहरू सहमत भएका थिएनन् ।
सुरूवातमा उनले संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न माग गरेपछि रोकियो थियो । पुन सर्त विनापनि सदस्य हुन चाहेका गौतम प्रधानमन्त्री कै कारण राष्ट्रिय सभामा पनि जान पाएका छैनन् । यस्तो अवस्थामा कतै वामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखेकाले केपी ओलीले उनको नाम अगाडि सारेका त होइनन् ? यो पनि सँगै अगाडि आएको छ ।
ओलीले राखेको ३ अध्यक्ष बनाउँने प्रस्ताव आफैमा विरोधाभाष छ । नेकपाको विधानले २ अध्यक्षको परिकल्पना गरेको छ । १ अध्यक्षले राजीनामा दिन चाहे अर्को अध्यक्षलाई दिन सक्ने व्यवस्था गरेको छ । तर, पार्टी अध्यक्षसमेत रहेका ओलीले विधान संशोधन गरेर ३ अध्यक्ष बनाउने र तेस्रो अध्यक्षको रूपमा माधव नेपाललाई बनाउने प्रस्ताव अघि सारे पछि बैठकमा मात्र हैन आम जनमानसमा समेत थप अन्योलता छाएको छ ।


