सरकारले चालू वर्षमा १० खर्ब ७३ अर्ब रकम खर्च गर्ने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उक्त रकम खर्च हुने जनाएका हुन् ।
अर्थमन्त्री डा खतिवडाले विहीवार अपराह्न ४ बजे प्रतिनिधी सभाको दुबै सदमा आर्थिक बर्ष २०७७÷०७८ को आय ब्याय प्रस्तुत गर्दे उक्त कुरा बताएका हुन् । चालू आर्थिक वर्षका लागि १५ खर्ब ५२ अर्ब रुपैयाँकोको बजेट पेस गरिएको थियो । अर्थमन्त्री खतिवडाले बजेटको अर्धवार्षिक समीक्षाका क्रममा विनियोजन बजेटको ९० प्रतिशत अर्थात् १३ खर्ब ८५ अर्ब रुपैयाँको लक्ष्य राखेका थिए ।
कोभिड(१९ को प्रभावका कारण काम रोकिए पनि पुनः लक्ष्य संशोधन गरेर ७० प्रतिशत बजेट मात्रै खर्च हुने अनुमान गरेका हुन् । चालू आर्थिक वर्षको साढे १० महिनासम्म ७ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।


