Banijya News

नेपाल इन्भेष्टमेन्टले इटालीयन कम्पनीसित जित्यो मुद्धा, फिर्ता हुने भयो २ अर्ब १० करोड

1
1.1K Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको डुबेको २ अर्ब १० करोड रुपैयाँ बराबरको रकम फिर्ता हुने भएको छ । इटलीको ‘ट्रिबुनाल डी बोलोग्ना’मा मुद्दा दायर गरेको बैंक काउण्टर ग्यारेण्टीमा भुक्तानी सम्बन्धी मुद्धा १४ महिनाको पछि जित्दा बैंकले डुबेको रकम फिर्ता पाउँने भएको हो ।

बैंकले सन् २०१८ को सेप्टेम्बरमा इटलीको बोलोग्नास्थित इन्टेसा सनपाउलो(एसपीए)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउण्टर ग्यारेण्टी इस्यू गरेको थियो । तनहुँ जलविद्युत परियोजनाका लागि इटालियन ठेकेदार कम्पनी मुराटोरी इ–केमेन्टिस्टी (सीएमसी)ले कार्यसम्पादनका लागि बैंक ग्यारेन्टी दिएको थियो । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीबापतको रकम इन्भेष्टमेन्ट बैंकसँग दाबी गरेको थियो । काउण्टर ग्यारेण्टी बसेका कारण बैंकले तनहुँ हाइड्रोलाई १५ महिनाअघि दाबी भुक्तानी गरिदिएको थियो ।

यसअघि इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने फैसला सुनाएको थियो । त्यसपश्च्यात इन्भेष्टमेन्ट बैंकले सो फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । यही विषयमा अदालतका ३ न्यायाधीशको संयुक्त इजलासले काउन्टर ग्यारेन्टी दिने स्थानीय बैंकलाई इन्भेस्टमेन्ट बैंकको भुक्तानी दिन आदेश दिएको हो । बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) बराबरको काउण्टर ग्यारेण्टी दिएको थियो ।

1

Scroll to Top