असार १७, काठमाडौं ।
नेपाल वायुसेवा निगम बुधवार ६३ औं वर्षमा प्रवेश गरेको छ । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको लागि उल्लेखनीय योगदान पुर्याएको वायुसेवा निगम कोरोनाले नराम्ररी प्रभावति भएको छ ।
निगमले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्न तथा नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुको देशमा पु¥याउन हवाई उडान संचालन गर्दे आएको छ । वार्षिकउत्सोवको अवसरमा विज्ञप्ति निकालेर निगमले सेवालाई नियमित एवं विश्वसनिय बनाउँदै सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।


