Banijya News

नेपाल उद्योग वाणिज्य महासंघमा चुनाबी माहोल तात्दैः वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानलले गर्यो उम्मेदवारी घोषणा

1
1.1K Shares

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गते हुने चुनावका लागि आवश्यक तयारी थालेका छन् । आगामी चुनाबको लागि आ आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अर्कोकार्यकालमा स्वतः अध्यक्ष हुने बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आफू वरिष्ठ उपाध्यक्ष र अन्य चार जनाले प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
ढकाल प्यानलमा जिल्ला र नगरतर्फका उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ ।


ढकालले चुनाब जितेपछि महासंघको नयाँ नेतृत्व निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउन मोडल बनाउने कार्य लक्ष्य अगाडि सारेका छन् । उनले उद्यमशीलता विकासका तालिम, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने, जिल्लाका नापतौल, अनुगम, बैंकिङ र राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने उनको प्रतिबद्धता छ । ढकालले चुनाव जितेपछि अध्यक्षको सम्पर्कबाट नभाग्ने बताउँदै विगतको सहयोगसमेत सम्झन आग्रह गरेका छन् ।

उम्मेदवार घोषणा कार्यक्रममा जिल्ला र नगर उपाध्यक्षका उम्मेदवार तिवारीले मझौला व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने बताएका छन् ।

ढकाललाई पूर्वअध्यक्ष चण्ढिराज ढकाल, सुरजवैद्य, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलगायतले सहयोग गरेका छन् भने  अधिकांश जिल्लानगरबाट आफूलाई सहयोग भएको ढकालको दाबी रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षसहित ४ जना उपाध्यक्ष १ अध्यक्ष र निर्वाचित सदस्यमध्यक्ष १ जना कोशाध्यक्ष गरी ६ जनाको पदाधिकारी हुन्छ ।

1

Scroll to Top