Banijya News

जेल मुक्त भए सशस्त्रका पूर्व डीआइजी रञ्जन कोइराला

1
1.3K Shares


काठमाडौँ – श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय काटिरहेका सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व डीआईजी रन्जन कोइराला आज डिल्लीबजार कारागारबाट बिहीबार छुटेका छन् । कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिएका हुन् ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद घटाएर साढे ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला उक्त सजाय भुक्ता गरि छुटेका हुन् । २०६८ साल माघमा उनले श्रीमती गीता को हत्या गरेका थिए ।

राजधानीमा श्रीमतीको हत्यापछि गाडीमा राखेर मकवानपुर लगि जलाएको अभियोगमा उनी दोषी ठहर भएका थिए । प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणासहितको संयुक्त इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो ।

1

Scroll to Top