Banijya News

पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार २ सय ४१

1
1.0K Shares

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेकाे छ।

हालसम्म देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । आज ३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्।

1

Scroll to Top