श्रावण ११, काठमाडौं ।
काठमाडौंमा आइतबार थप ८ जना कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३ जना र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण देखिएको बताए ।
हालसम्म काठमाडौंमा २८६ जनामा कोरोना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।


