Banijya News

कोरोना प्रभावित व्यवसायको वर्गीकरण, कुन वर्गीकरणमा के व्यवसाय परे ?

1
1.0K Shares


काठमाडौं–
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि एकिकृत निर्देशन जारी गर्दे कोरोना प्रभावित उद्यम व्यवसायलाई बर्गिकरण गरेको छ । मौद्रिक नीति कार्यान्वयन गर्न सोमबार जारी निर्देशनमा राष्ट्र बैंकले यस्तो वर्गीकरण गरेको हो । तीन भागमा विभाजन गरि सहुलियत दिएको राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरु र उद्योेगी व्यवसायीलाई नै बिभिन्न राहत प्याकेज उपलब्ध गराएको हो ।

कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स, लगानी लगायतका विभिन्न क्षेत्रमा कस्तो र कति प्रभाव पारेको छ भन्ने अध्ययन राष्ट्र बैंकले गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले कुन क्षेत्रका कति असर भनेर वर्गीकरण गरेको हो ।


अति प्रभावित क्षेत्रमा
राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेको छ । राष्ट्र बैंकले पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई अति प्रवाभितमा वर्गिकरण गरी यसमा प्रवाहित कर्जाको किस्ता र ब्याजलाई २०७८ असार मसान्तसम्म समय सारेको छ । तर बैंकहरुले चाहेमा आफ्ना ऋणीको अवस्था हेरेर २ वर्ष समय थप दिने राष्ट्र बैंकले कुनै बाधा नपुर्याउने भएको छ ।

यस अन्र्तगत ट्रेकिङ, ट्राभल एजेन्सी, साज स्पा, होटल, पर्यटक आवास, मोटेल, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मग्रामीण पर्यटन, होस स्टे, रिसोर्ट तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षणलगायतका क्षेत्र परेका छन् । त्यस्तै, राष्ट्र बैंकले साहसिक पर्यटनसँग सम्बन्धिका साथै गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, केवलकारलाई पनि अति प्रभावित क्षेत्रमा वर्गीकरण गरिएको जनाएको छ । यस क्षेत्रमा हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि व्यवसाय, पार्टी प्यालेस पनि परेका छन् । हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, रिक्रियसन सम्बन्धि ब्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन तथा वितरणका साथै सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार तथा कर्मचारीलगायत यस क्षेत्रमा परेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अतिप्रभावित क्षेत्रमा तरकारी फलफूल, पुष्प, माछामासु, दुधजन्य उत्पादन लगायतका व्यवसाय, तयारी पोशाक, हस्तकला, सीपमूलक व्यवसाय, वैदेशिक रोजगार, शैक्षिक परामर्श सेवा प्रदायकलगायत परेका छन् ।

मध्यम प्रभावित
मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्नुपर्नेछ । मध्यम वर्गमा निम्न उद्योग व्यवसाय पर्दछन् ।

प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय, निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, सैलुन, कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, भण्डारण गर्न सकिने बस्तु उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, छपाइ, प्रकाशन तथा संचार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय गर्ने क्षेत्र परेका छन् ।


न्यून प्रभावित क्षेत्रमा
न्यून प्रभावित क्षेत्रका ऋणीलाई ६ महिना सम्मको बैकको ब्याज तथा सावाँ तिर्दा हुन्छ । राष्ट्र बैंकले प्रभावित क्षेत्रमा उत्पादनमा रही राष्ट्रिय प्रशारणमा जलविद्युत आयोजना, अनलाइनमा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण, पेय पदार्थ तथा विक्री वितरण गर्ने उद्योग व्यवसाय परेका छन् । त्यसैगरी, दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण, आयातजन्य व्यापार, पेट्रोल पम्म, ग्याँस तथा पानी सम्बन्धी व्यवसाय, औषधीजन्य व्यवसाय तथा विज्ञापन सेवा लगायतका क्षेत्र न्यून प्रभावित भएको जनाएको छ ।

1

Scroll to Top