Banijya News

सुरक्षाका ४ बटै निकायमा कोरोना संक्रमिण तीब्र, कार्यलय नै बन्द गर्नुपर्ने अवस्था आउँदै

1
1.0K Shares

मुलुकका सुरक्षा निकायमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीका कर्मचारीमा गरिएको परीक्षण गर्दा संक्रमणको दर उच्च देखिएको हो । यतिसम्म कि सुरक्षा निकायमा कार्यरत कर्मचारीमा संक्रमण तीब्र रुपले बढ्यो आन्तरिक सुरक्षाको जिम्मेवारी दिने कतिपय निकाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।


यसरी कार्यालय नै बन्द भएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रणमा के असर पर्ला भन्ने चिन्ता समेत बढेको छ । आम जनालाई सुरक्ष दिन प्रमुह भागमा रहेको नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत १३ जनामा प्रहरीमा कोरोना संक्रमण भयो । सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय स्याङजाका इन्चार्ज सहित १८ जनामा संक्रमण पुष्टी भएको छ ।

यसअघि पनि त्यहाँ कार्यरत तीन जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण पुष्टि भएको थियो । यसले पनि सुरक्षा दिने निकाय नै कोरोनाबाट थलिएको छ ।

यस्तै, सशस्त्र प्रहरीमा कार्यरत ९१ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये २६ जना उपचाररत छन् भने बाँकी नियमित काममा फर्किएका छन् ।

समुदायसँग दैनिक प्रत्यक्ष सम्पर्कमा नरहने नेपाली सेनाका ७९ जनामा समेत संक्रमण देखिएको छ । सैनिक क्याम्पमा नै रहने सेनामा कसरी कोरोना संक्रमण भयो त्यो आफैमा खोजीको बिषय हो । संक्रमित मध्ये ७० जना संक्रमणमुक्त त भएर बाँकी ९ जनाको उपचार जारी छ । यस्तै, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत चार जनामा पनि कोरोना संक्रमण देखिसकेको छ ।

1

Scroll to Top